images
  • जैसरा देवी स्मृति कप क्रिकेट भोलिदेखि हुँदै

    • Salina Magar Salina Magar
    • २०८३ कार्तिक १५, शनिबार १७:५३ गते
    images

     

    काठमाडौं । अछामको तुर्माखात गाउँपालिकामा भोलि आइतबारदेखि जैसरा देवी स्मृति कप क्रिकेट हुने भएको छ । कात्तिक १३ गतेदेखि सुरू हुने प्रतियोगिता भोलिका लागि सारिएको हो ।

    जैसरा देवी स्मृति युवा क्लबको आयोजनामा हुन लागेको प्रतियोगिताको विजेताले १ लाख २१ हजार १११ पाउनेछ । दोस्रो हुने टोलीले ६१ हजार १११ पाउने क्लबका संयोजक उपेन्द्र विष्टले जानकारी दिए ।

    यस्तै म्यान अफ दी सिरिजलाई ५ हजार,बेस्ट ब्याटर र बेस्ट बलरले ३ हजार १ सय,उदयीमान खेलाडीले २ हजार ५६,अनुशासित टिमलाई ५ हजार १ सय पुरस्कार दिइनेछ ।

    तुर्माखात गाउँपालिका –६स्थित रानीवन खेलमैदान हुने प्रतियोगितामा १६ टिम सहभागीता रहने जनाएको छ ।

    यसैबीच प्रतियोगिताको सभ्य र भव्य आयोजना गर्न नेपाल क्रिकेट संघ(क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले शुभकामना दिए ।

    प्रतियोगिताले अछामको क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वास गरिएको छ।

    प्रतिक्रिया दिनुहोस्