• images

    गाउँमा आक्रमण गरेर ३० गाउँलेको हत्या, धेरै गाउँलेको अपहरण

    • Bishnu GC Bishnu GC
    • २०८२ पुष २१, सोमबार १५:२८ गते
    images

    नाइजेरियाली प्रहरीले देशको नाइजर राज्यको एक गाउँमा बन्दुकधारीहरूले आक्रमण गरेपछि कम्तीमा ३० जनाको मृत्यु भएको र धेरै जनालाई अपहरण गरिएको बताएको छ।

    अधिकारीहरूले भनेका छन् – हतियारधारीहरू जङ्गलबाट निस्केर स्थानीय बजारमा आगो लगाएका थिए र पसलहरूमा लुटपाट गरेका थिए। अपहरणमा परेकाहरूलाई उद्धार गर्न सुरक्षा कारबाही भइरहेको छ।

    गत वर्ष नोभेम्बरमा, यहाँको एक क्याथोलिक स्कूलबाट २०० भन्दा बढी बालबालिका र कर्मचारीहरूलाई अपहरण गरिएको थियो र डिसेम्बरमा अधिकारीहरूले उनीहरूलाई उद्धार गरेका थिए। नाइजेरियामा हालै सामूहिक अपहरणका घटनाहरू भएका छन्।

    प्रतिक्रिया दिनुहोस्