images
  • जिल्ला अस्पताल बझाङमा कार्यरत कर्मचारीहरु आन्दोलित

    • chautaripatrika chautaripatrika
    • २०८३ कार्तिक १८, मंगलवार २०:१७ गते
    images

    बझाङ । जिल्ला अस्पताल बझाङमा कार्यरत सेवा करारका कर्मचारीहरुले आफ्ना विभिन्न आठ बुँदे माग राखेर जिल्ला प्रशासन कार्यालय बझाङ तथा अस्पताल प्रशासनमा ज्ञापनपत्र बुझाएका छन् ।

    उनीहरुले समान कामको समान ज्याला तथासरकारले वृद्धि गरेको तलव उपलव्ध हुनुपर्ने, महगी भत्ता उपलव्ध हुनुपर्ने, सामाजिक सुरक्षा कोषमा आवद्ध हुनुपर्ने, चाडवाड खर्च पाउनुपर्ने, प्रदेश सरकारले सेवा सुविधा तथा रोजगारको ग्यारेण्टीलगायतका माग राखेर प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठ र अस्पतालका प्रमुख डा.सन्दिप ओखेडामार्फत ज्ञापन पत्र पेश गरेका हुन ।

    ज्ञापन पत्र बुझ्दै अस्पतालका प्रमुख ओखेडाले कर्मचारीको मागप्रति आफु गम्भिर भएको तथा समान कामको समान ज्यालाका लागि आफूले माथिल्लो निकायमा छलफल गरिरहेको बताए ।

    कर्मचारीहरुले आजै प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठलाई पनि ज्ञापन पत्र बुझाएका छन् । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले पनि कर्मचारीहरुले राखेका मागहरु माथिल्लो निकायमा पत्राचार गर्ने आश्वासन दिए ।

    कर्मचारीहरुले आफुले पाउनुपर्ने अधिकारका सेवा सुविधा समेत प्रदेश स्तरवाट प्राप्त नभएकाले साङ्केतिक रुपमा पहिलो चरणको ध्यानाकर्षणको लागि ज्ञापनपत्र पेश गरेको सककयोजक पूर्ण प्रसाद उपाध्यायले बताए ।

    उनले कर्मचारीको हक हितका लागि अभियान सुरु गरेकोले यसले तत्काल अस्पतालको सेवा प्रवाहमा कुनै समस्या नहुने गरी कार्यक्रम गरेको बताए ।

    सम्वन्धित निकायवाट माग सम्वोधन नगरे प्रदेश सरकारको ध्यानाकर्षको लागि चरणवद्द आन्दोलन समेत गरिने कर्मचारीहरुले बताएका छन । ज्ञापनपत्र पेश गर्ने कार्यक्रममा जिल्ला अस्पताल बझाङमा करार सेवामा कार्यरत ६१ जना कर्मचारीको सहभागिता रहेको थियो । कर्मचारीहरुले साङ्केतिक विरोध स्वरुप आज दुई घण्टा हातमा कालोपट्टी वाँधेर समेत विरोध जनाएका थिए ।

    प्रतिक्रिया दिनुहोस्