मुम्बई । मुम्बईस्थित आफ्नो घर बमले उडाइदिने धम्की पाएपछि बलिउड अभिनेता अमिताभ बच्चनले पहिलोपटक समर्थकहरूसँग भेटघाट गरेका छन्।
हरेक आइतबारजस्तै यसपटक पनि आफ्नो घर ‘जलसा’ बाहिर समर्थकहरूको अभिवादन स्वीकार गर्न पुगेका अमिताभको वरिपरि कडा सुरक्षा पहरा देखिएको थियो।
सुरक्षा जोखिमका बिच बच्चनले बुलेटप्रूफ घेरा पछाडि उभिएर समर्थकहरूप्रति हात हल्लाउँदै धन्यवाद ज्ञापन गरे। यस क्रममा उनका छोरा अभिषेक बच्चन पनि बुबाको सुरक्षालाई लिएर चनाखो देखिएका थिए।
मुम्बईस्थित बङ्गला ‘जलसा’ बाहिर हरेक आइतबार भेला हुने समर्थकहरूको भिडलाई अमिताभ बच्चनले यसपटक पनि निराश बनाएनन्। यद्यपि, यसपटकको दृश्य अलि फरक थियो। सुरक्षाका कारण अभिनेता खुल्ला ठाउँमा उभिनुको सट्टा पारदर्शी बुलेटप्रूफ सिसाको घेराभित्र उभिएका थिए। उनले सधैँझैँ आफ्नो शैलीमा हात जोडेर र हात हल्लाएर समर्थकहरूको शुभेच्छा स्वीकार गरे।
आइतबारको भेटघाटका क्रममा अमिताभ मात्र नभई उनका छोरा अभिषेक बच्चन पनि साथमै उपस्थित थिए। सार्वजनिक भिडियो र तस्बिरहरूमा अमिताभ बच्चनले बुलेटप्रूफ घेराभित्रबाट भिडको अभिवादन स्वीकार गरिरहँदा अभिषेक ठिक पछाडि उभिएर पूरै भिड र वरपरको वातावरण नियालिरहेको देखिन्छ। त्यहाँ तैनाथ सुरक्षाकर्मीहरूले पनि पूरै क्षेत्रलाई कडा सुरक्षा पहरामा राखेका थिए। एजेन्सी


chautaripatrika 















प्रतिक्रिया दिनुहोस्