images
  • ९ करोड ७२ लाखको सम्पत्तिको स्रोत नखुलेपछि मालपोतका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

    • chautaripatrika chautaripatrika
    • २०८३ कार्तिक १७, सोमबार २३:१३ गते
    images

    काठमाण्डु– भूमिसुधार तथा मालपोत कार्यालयमा कार्यरत यदुनाथ आचार्यले आफ्नो आम्दानीभन्दा झण्डै १० करोड रुपैयाँ बढी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

    आयोगका अनुसार आचार्यले आफ्नो सरकारी सेवाको अवधिमा ९ करोड ७२ लाख ७१ हजार ९८९ रुपैयाँ ८३ पैसा बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको देखिएको छ। गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा आचार्यसँगै उनका परिवारका सदस्यहरूलाई समेत विपक्षी बनाइएको छ।

    आचार्यले २०५४ साल माघ २ गते जिल्ला विकास समिति कार्यालय, खोटाङमा गाविस सचिवका रूपमा सरकारी सेवा सुरु गरेका थिए। आयोगले उनको सेवा अवधिको सुरुआतदेखि २०८० मंसिर २१ गतेसम्मलाई अनुसन्धानको जाँच अवधि कायम गरेको थियो।

    अनुसन्धानका क्रममा उक्त अवधिमा आचार्य र उनीसँग एकाघर तथा सगोलमा रहेका परिवारका सदस्यहरूको वैधानिक आय ६ करोड २५ लाख ६३ हजार ३४५ रुपैयाँ ४८ पैसा मात्र रहेको पाइएको आयोगले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्