राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीच आज भेटवार्ता हुने भएको छ ।
रास्वपा र बालेनले अगाडि सारेको देश विकास पार्टीबीच एकता प्रयासलाई निष्कर्षमा पुर्याउन लामिछाने र साहबीच आज भेटवार्ता हुने रास्वपाका एक नेताले जानकारी दिए । ती नेताका अनुसार भेट कहाँ र कुन समयमा हुने भन्नेबारे टुंगो लागेको छैन, तर आजै निर्णयमा पुग्ने गरी दुई जनाबीच वार्ता हुनेछ ।
सहकारीसम्बन्धी ठगी मुद्दामा धरौटीमा रिहाइ भएपछि लामिछाने वैकल्पिक शक्तलाई एकताबद्ध गर्नमा सक्रिय रहेका छन् भने मेयर बालेनले पनि राजनीतिमा आउने घोषणा गरेर भेटघाटलाई तीव्र बनाएका छन् । लामिछाने र बालेनबीच यसअघि तीनपटक भेट भइसहेको छ । यसअघिका भेटवार्तामा एकता गर्ने सैद्धान्तिक निर्णय भए पनि केही–केही कुरामा सहमति जुटेको छैन ।
एकतापछि पार्टीमा हुने भूमिका, चुनावमा जानुअघि उम्मेदवार बाँडफाँड र चुनाव चिह्नलगायत विषयमा सहमति जुटेको छैन । यी विषयमा सहमति जुटाउनका लागि रास्वपाका दोस्रो तहका नेता र बालेनका प्रतिनिधि शुक्रबार रातिसम्म छलफल जुटेका थिए । दोस्रो तहका नेताहरूले एकताको मस्यौदा तयार गरे पनि खासगरी बालेनबाट ‘ओके’ हुन बाँकी छ ।


chautaripatrika 















प्रतिक्रिया दिनुहोस्