काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेले सहमतिका लागि बनाइएको ड्राफ्टलाई स्वीकृत गरेका छन् ।
बिहीबारदेखि घनिभूत रुपमा छलफलका जुटेका दुवै पक्षले तयार पारेको सहमतिको ड्राफ्ट बालेन र रविले स्वीकृत गरेका हुन् । बालेनको पक्षबाट कुमार बेन र भूपदेव शाह तथा रविको तर्फबाट शिशिर खनाल र असिम शाहले सहमतिको ड्राफ्ट तयार गरेका थिए । उनीहरुले बुझाएको सहमतिको ड्राफ्टलाई बालेन र रविले स्वीकृत गरेका हुन् ।
सोही सहमतिको डाफ्टका आधारमा अब बालेन र रवि पक्षबिच वार्ता हुनेछ । बालेन र रविसहितको छलफलले मात्र सहमतिलाई अन्तिम रुप दिइनेछ । शुक्रबार नै उनीहरूबिच निर्णायक वार्ता हुने बताइएको छ ।
उक्त सहमति ड्राफ्टमा पार्टी अध्यक्ष रवि नै रहने र आगामी निर्वाचनमा बहुमत आए बालेनलाई प्रधानमन्त्री बनाउने उल्लेख रहेको एक नेताले जानकारी दिए ।


Bishnu GC 
















प्रतिक्रिया दिनुहोस्