images
  • भोटेकोशी बाढी : सबै हेलिकप्टर कम्पनीलाई तयारी अवस्थामा रहन निर्देशन

    • chautaripatrika chautaripatrika
    • २०८३ भाद्र १०, बुधबार १०:२० गते
    images

    १० भदौ, काठमाडौं । भोटेकोशी नदीमा ठूलो बाढी आएपछि प्रधानमन्त्री कार्यालयले सबै हेलिकप्टर कम्पनीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

    प्रधानमन्त्री बालेन शाहको सचिवालयले सबै कम्पनीहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिइएएको जानकारी दिएको छ ।

    रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बुधबार बिहान करिब सवा ९ बजेको समयमा एक्कासि ठूलो बाढी आएको बताए ।

    तिब्बततर्फबाट आएको बाढी रसुवाबाट नुवाकोट हुँदै धादिङ, गोरखा र चितवनतिर बढेको छ । बाढीले ठूलो क्षति गरेको अनुमान गरिएको छ । बाढीले रसुवा र नुवाकोटको सिमानामा रहेको बजार बगाएको छ ।

    प्रतिक्रिया दिनुहोस्