• images

    गोलबजारको अवस्था सामान्य वन्दै, मृतक यादवको शव उठाइयो

    • Bishnu GC Bishnu GC
    • २०८३ श्रावण १४, बिहीबार २३:११ गते
    images

    सिरहाको अवस्था सामान्य वन्दै गएको छ । विहीबार दिनभर तनावग्रस्त भएको गोलबजार क्षेत्र अपरान्ह केही शान्त देखिएको छ ।

    बिहीबार दिउँसो प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको शव प्रहरीले सडकबाट उठाएको छ ।

    आफन्तहरूले प्रदर्शन जारी राख्दै शव सडकमै राखिरहेका थिए । सडकमै शव राखेर उनीहरूले दिनभर प्रदर्शन गरे । साँझ भने प्रहरीले शव भ्यानमा राखेर लगेको थियो ।

    जिल्ला प्रशासन कार्यालय, सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार गोलबजारमा दुई समूहबीच भएको झडपपछिको प्रदर्शनमा गोली लागेर औरही गाउँपालिका–२ का १९ वर्षीय गणेश यादवको मृत्यु भएको हो ।

    विहीबार साँझ उक्त क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्