• images

    आज अन्तर्राष्ट्रिय मित्रता दिवस

    • Bishnu GC Bishnu GC
    • २०८३ श्रावण १४, बिहीबार १०:१८ गते
    images

    आज अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरी मनाइँदैछ । संयुक्त राष्ट्र संघले ३० जुलाईलाई अन्तर्राष्ट्रिय मित्रता दिवसको रूपमा आधिकारिक रूपमा मान्यता दिएको थियो । नेपाल लगायत अधिकांश देशहरुले आज यो दिन अन्तर्राष्ट्रिय मित्रता दिवसका रुपमा मनाउने गर्दछन् ।

    मित्रता दिवस अर्थात् फ्रेन्डशिप डे हलमार्क कार्डसका संस्थापक जोयस हलले सुरू गरेका हुन् । उनले नै पहिलो पटक सन् १९३० को अगस्ट २ मा फ्रेन्डशिप डे मनाउने आइडिया निकालेका थिए, तर ग्रीटिङ कार्डस इन्डष्ट्रीले व्यापारिक फाइदाका लागि यो अवधारणा ल्याएको भनेर आलोचना पनि गरिएको थियो । सन् १९५८ को ३० जुलाईमा उरुग्वेमा संसारको पहिलोपटक मित्रता दिवस मनाइएको थियो ।

    वल्र्ड फ्रेन्डशिप क्रुसेड नामक संस्थाले त्यही मितिमा फ्रेन्डशिप डे मनाउने प्रस्ताव गरेको थियो । संयुक्त राष्ट्रसंघको महासभाले सन् २०११ मा ३० जुलाईलाई फ्रेन्डशिप डेका रूपमा मनाइने घोषणा गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्