• बर्थडे पार्टी खाएर फर्किँदा साथीको हत्या

    • chautaripatrika chautaripatrika
    • २०८३ श्रावण ११, सोमबार ०९:३८ गते
    images

    पोखरा । बागलुङमा साथीको जन्मदिन मनाएर घर फर्किने क्रममा एकजनाको हत्या भएको छ । बडिगाड गाउँपालिका १ दगामा साथीको जन्मदिनको पार्टी खाएर फर्किने क्रममा स्थानीय लाजिन थापाको हत्या भएको हो । उनको शव घर नजिकै रहेको मनखोलाको झरनाको खोँचमा भेटिएको प्रहरीले जनाएको छ ।

    ‘घटना ८ दिन अघि भएको हो । उनी बेपत्ता थिए । खोजी गर्दै जाँदा झरनाको खोँचमा शव भेटिएको छ,’ बडिगाड प्रहरीले भन्यो, ‘शव सडिसकेको हुँदा थप विवरण पोष्टमार्टम रिपोर्टपछि थाहा हुन्छ ।’
    घटनाको प्रकृति हेर्दा हत्या हुन सक्ने अनुमान गरिएको छ ।

    सोही आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । उनीहरूमाथि अनुसन्धान चलिरहेको बागलुङ प्रहरीले जनाएको छ । उनको अनुहार र टाउकोमा चोट देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्