• मन्त्री रावल र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता

    • Bishnu GC Bishnu GC
    • २०८३ श्रावण ९, शनिबार २२:२२ गते
    images

    भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नेपालका लागि चीनका राजदूत झाङ माओमिङसँग शिष्टाचार भेटवार्ता गरेकी छन्।

    मन्त्रालयमा भएको भेटका क्रममा नेपाल–चीन द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको थियो।

    विशेषगरी चीनको स्वशासित क्षेत्र सिजाङ सरकारको सहयोगमा सञ्चालित नेपाल सहायता परियोजना, सिभिल अस्पतालको स्तरोन्नति, उक्त अस्पतालमा क्यान्सर उपचारका लागि कार–टी सेल प्रयोगशाला स्थापना तथा भूमि प्रशासनको डिजिटल रूपान्तरणलगायतका सहकार्यका विषयमा विचार–विमर्श गरिएको मन्त्रालयले जनाएको छ।

    साथै, राजदूत झाङ माओमिङले मन्त्रालयले पहिलो १०० दिनमा गरेका कार्यप्रगतिप्रति प्रशंसा गर्दै सेवा प्रवाहमा सुधार, भूमि प्रशासनको डिजिटल रूपान्तरण तथा सुशासन प्रवद्र्धनका क्षेत्रमा मन्त्रालयले अघि सारेका पहलहरू प्रभावकारी रहेको उल्लेख गरे ।

    प्रतिक्रिया दिनुहोस्