• बौद्ध गेट नजिकै एक युवतीले गरिन् आत्मदाह प्रयास 

    • Bishnu GC Bishnu GC
    • २०८३ श्रावण ५, मंगलवार १९:३१ गते
    images

    काठमाडौं महानगरपालिका–६ बौद्ध गेट नजिक एक युवतीले आत्मदाह प्रयास गरेकी छन् ।

    काभ्रेको तेमाल गाउँपालिका–३ घर भई बौद्ध बस्दै आएकी २७ वर्षीय सालु गुरुङले राति २ः५० बजे पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी हुन् ।

    गुरुङले आफ्नै खाजा पसलको पछाडिको पार्किङमा आत्मदाह प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।

    एसपी भट्टराईका अनुसार घाइते अवस्थाकी श्रीमतीलाई श्रीमानले शुस्मा कोइराला मेमोरियल अस्पताल साखु पु¥याएका थिए । त्यहाँबाट थप उपचारका लागि कीर्तिपुरको बर्न अस्पतालमा रिफर भइसकेको छ ।

    सालुले श्रीमानसँगको विवादपछि आत्मदाहको प्रयास गरेको प्रहरिले जनाएको छ । उनको अनुहार, छाती र दुवै हातमा गरी अन्दाजी ५० प्रतिशत जलेको छ ।

    प्रतिक्रिया दिनुहोस्