• बाजुरामा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु, चालकसहित सातजना घाइते

    • chautaripatrika chautaripatrika
    • २०८३ श्रावण ५, मंगलवार १४:४९ गते
    images

    बाजुराको हिमाली गाउँपालिका– ५, क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा यात्रुवाहक जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने चालकसहित सातजना घाइते भएका छन्।

    धुलाचौरबाट दुधिला खोलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १४७८ नम्बरको जिप सडकको माथिल्लो मोडबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ। जिप हिमाली गाउँपालिका– २, नातीखोलानिवासी अन्दाजी २५ वर्षीय जनवीर बुढाले चलाएका थिए।
    दुर्घटनामा गम्भीर घाइते भएका हिमाली गाउँपालिका– २ का ४० वर्षीय धर्मलाल बुढा र हुम्लाको ताजाकोट गाउँपालिका– ५ निवासी अन्दाजी ४० वर्षीय अम्मरसिंह बुढाको उपचारका क्रममा कोल्टी आधारभूत अस्पतालमा मृत्यु भएको हो।

    घाइते चालकसहित सातजनाको कोल्टी आधारभूत अस्पताल, बाजुरामा उपचार भइरहेको छ। घाइतेमध्ये चालक जनवीर बुढा र ३१ वर्षीया मिजरा बुढाको टाउकोमा चोट लागेको छ र उनीहरूको अवस्था मध्यम रहेको छ।
    त्यसैगरी, हुम्लाको ताजाकोट गाउँपालिका– ५ निवासी २० वर्षीया अस्मिता थापाको कम्मरमा चोट लागेको छ। २८ वर्षीय जंगसिंह बुढाको हातमा, २० वर्षीय गोरख रोकायाको हात र टाउकोमा, २७ वर्षीय लोकेन्द्र बुढाको हातमा तथा अन्दाजी नाै वर्षीया सुस्मा बुढाको आँखामा चोट लागेको छ। उनीहरूको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्