• images

    सडक विस्तार गर्न हेटौंडामा बिहानैदेखि डोजर

    • chautaripatrika chautaripatrika
    • २०८२ मंसिर २०, शनिबार ०९:२४ गते
    images

    मकवानपुर । हेटौँडा बजार क्षेत्रको २५ मिटर सडक भत्काउन सुरु गरिएको छ । सडक डिभिजन कार्यालय हेटौंडाले शनिबार बिहानैदेखि जेसीवी प्रयोग गरेर सडक सीमा खाली गराउन सुरु गरेको हो । सडक सीमा भित्रको २५–२५ गज क्षेत्र खाली गराउने गरी हेटौँडा–१० राप्ती रोडमा जेसीवी प्रयोग गरिएको छ ।

    कार्यालयले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको ९.५ किलोमिटर सडक क्षेत्रमा निर्माण भएका सार्वजनिक निजी संरचना हटाइएको हो ।२०३४ सालदेखि नै हेटौँडामा सडक विस्तारको प्रयास भए पनि रोकिँदै आएको थियो।हेटौँडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकबाट सामरी पुलसम्म सडक विस्तार शुरु भएको हो । २५ मिटर क्षेत्रमा परेका घर टहरा हटाउँदै हेटौँडामा राजमार्गको आवागमनसमेत वैकल्पिक व्यवस्था गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्