images
  • प्रतिनिधिसभाबाट सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ बहुमतले पारित

    • Bishnu GC Bishnu GC
    • २०८३ असार १८, बिहीबार २१:१३ गते
    images

    प्रतिनिधिसभाले सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ।

    बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले विधेयक पारित भएको हो।

    विधेयक पारित हुनुअघि भएको छलफलमा भाग लिँदै केही प्रतिपक्षी सांसदहरूले विधेयकलाई थप अध्ययन र विस्तृत छलफलका लागि संसदीय समितिमा पठाउनुपर्ने धारणा राखेका थिए। यद्यपि, उनीहरूको सुझावका बाबजुद प्रतिनिधिसभाले बहुमतका आधारमा विधेयक पारित गरेको हो।

    प्रतिक्रिया दिनुहोस्