• images

    पशुपति आर्यघाटमा बालेनका बुवाको अन्त्येष्टि, थिए आयुर्वेदका अब्बल डाक्टर

    • chautaripatrika chautaripatrika
    • २०८२ मंसिर १५, सोमबार २३:११ गते
    images

    काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)का बुवा, नेपालको आयुर्वेद चिकित्सा क्षेत्रका अब्बल चिकित्सक तथा संस्थागत विकासका लागि आफ्नो सम्पूर्ण जीवन समर्पित गरेका डा. रामनारायण शाह को पार्थिव शरीरलाई सोमबार पशुपति आर्यघाटमा अत्यन्त भावुकताका साथ अन्त्येष्टि गरिएको छ। नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारकै क्रममा सोमबार मध्यान्ह ७७ वर्षको उमेरमा उनले संसारबाट बिदा लिएका थिए। उनि लामो समयदेखि मधुमेह र पछिल्लो समय पिसाबको गम्भीर संक्रमणको पीडादायी संघर्षमा थिए।

    डा. रामनारायण शाहको पार्थिव शरीरलाई अस्पतालबाट सिधै पशुपति आर्यघाटमा ल्याइपुर्‍याउँदा त्यहाँ सन्नाटा छाएको थियो। आर्यघाट परिसरमा मेयर बालेन शाहसहित शोकसन्तप्त परिवार, आफन्तजन, र हजारौं शुभेच्छुकहरूको उपस्थितिमा शोकको गहिरो माहोल थियो।मेयर बालेन शाहले आफ्ना बुवाको पार्थिव शरीरमा दागबत्ती दिँदाको त्यो कठोर पलले उपस्थित सबैलाई स्तब्ध बनायो। छोराले बुवालाई अग्नि दिँदै गर्दा बालेनको आँखामा छचल्किएको पीडाले आर्यघाटमा उपस्थित प्रत्येक व्यक्तिको आँखा रसाएको थियो।

    शाहलाई आइतबार बिहान बेहोस अवस्थामा सिभिल अस्पताल भर्ना गरिएको थियो। अस्पताल पुग्दा उनको मुटुले काम गर्न छोडिसकेको जानकारी चिकित्सकले दिएका थिए। तत्काल सीपीआर र मिर्गौला फेल भएपछि डायलासिस गरिए पनि पिसाबको गम्भीर संक्रमण शरीरभरि फैलिएका कारण चिकित्सकहरूले उनलाई बचाउन सकेनन्।

    उपचारकै क्रममा सोमबार मध्यान्ह उनको दुःखद निधन भयो। अस्पतालका आईसीयू चिकित्सक डा. प्रदीप तिवारीले पिसाबको संक्रमणका कारण नै शाहलाई ‘कार्डियाक अरेस्ट’ भएको पुष्टि गरेका थिए। डा. शाहको योगदानलाई शब्दमा वर्णन गर्न सकिँदैन। उनि भारतको गुजरात आयुर्वेद विश्वविद्यालय, जामनगरबाट काय चिकित्सामा एमडी गर्ने एक विद्वान् चिकित्सक थिए। वि. सं. २०४३ बाट सरकारी सेवामा प्रवेश गरेर, उनले आफ्नो चार दशक लामो सेवाकालमा आयुर्वेद वैद्यखानाको प्रबन्ध निर्देशक र आयुर्वेद विभागमा निमित्त महानिर्देशकजस्ता महत्त्वपूर्ण पदहरू मा रहेर आयुर्वेदको संस्थागत विकासमा जीवन समर्पण गरेका थिए।

    प्रतिक्रिया दिनुहोस्