• images

    बालेनका बुवाको निधनप्रति सुनिता डंगोलद्वारा दुःख व्यक्त

    • chautaripatrika chautaripatrika
    • २०८२ मंसिर १५, सोमबार १४:४२ गते
    images

    काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले मेयर बालेन्द्र शाह (बालेन) का पिताको निधनप्रति दुःख व्यक्त गरेकी छन् ।

    शाहका पिता रामनारायण शाहको आज बिहान उपचारका क्रममा निधन भएको थियो । उनको निधनमा दुःख व्यक्त गर्दै डंगोलले परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी कामना पनि गरेकी छन् ।

    उनले भनेकी छन्, ‘काठमाडौँ महानगरपालिकाका प्रमुख श्री बालेन्द्र शाहज्यूका ७७ वर्षीय पिता रामनारायण शाहज्यूको आज मिति २०८२ मंसिर १५ गते भएको असामयिक निधन प्रति गहिरो दु:ख व्यक्त गर्दै पिताको आत्माको चिर शान्तिका साथै यस दु:खद घडीमा परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी कामना गर्दछु ।’

    प्रतिक्रिया दिनुहोस्