• images

    ४ किलो गा.जा सहित तामाङ प,क्राउ

    • chautaripatrika chautaripatrika
    • २०८२ मंसिर १५, सोमबार ०८:०७ गते
    images

    रौतहट । रौतहटको चन्द्रनिगाहपुरबाट प्रहरीले लागूऔषध गाजा सहित एक जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरबाट खटिएको प्र.ना.नि.अनिल जैसवालको नेतृत्वमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा चार किलो भन्दा बाढी गाजा बरामद गरेको हो । चन्द्रपुर न.पा. ४ सुन्दरबस्ती टोलका ३३ वर्षिय सुमन तामाङ योन्जनलाई आइतबार साँझ पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । आफ्नै घरमा लागूऔषध गाजा लुकाई छिपाई राखि बिक्रीवितरण गर्छ भन्ने विशेष सुचनाको आधारमा प्रहरी टोलि सुन्दरबस्ती पुगेको थियो

    आफु सुत्ने कोठाको पलङको घर्रामा रहेको रातो प्लाष्टिकमा र बेच्नलाई राखेको कालो प्लाष्टिकको झोलामा राखेको गरी जम्मा चार किलो सात सय पचास ग्राम गाजा बरामद गरिएको ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरले जनाएको छ । उनले झोलामा राखेको नगद आठ हजार एक सय असी पनि बरामद गरिएको छ ।

    यस विषयमा थप अनसन्धान गरी जम्मा चार किलो सात सय पचास ग्राम गाजा बरामद गरिएको ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरले जनाएको छ । उनले झोलामा राखेको नगद आठ हजार एक सय असी पनि बरामद गरिएको छ । यस विषयमा थप अनसन्धान कार्य भई रहेको रौतहट प्रहरीले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्