images
  • निजी च्याट सार्वजनिक भएपछि सुजन चापागाईंले मागे माफी, फेक सामग्री फैलाएको भन्दै कानुनी कदम चाल्ने

    • Bishnu GC Bishnu GC
    • २०८३ असार १४, आईतवार १९:२० गते
    images

    गायक सुजन चापागाईं यतिबेला सामाजिक सञ्जालमा सार्वजनिक भएका निजी च्याटका स्क्रिनसट र भिडियोका कारण विवादमा परेका छन् । पछिल्ला दिनहरूमा टिकटक, इन्स्टाग्राम र रेडिटलगायत प्लेटफर्ममा उनीसँग सम्बन्धित भनिएका विभिन्न च्याट सामग्री भाइरल बनेका छन् ।

    सार्वजनिक भएका केही च्याटमा दोहोरो अर्थ लाग्ने तथा अनुपयुक्त शब्दहरूको प्रयोग भएको देखिन्छ । साथै केही किशोरीहरूले पनि चापागाईंले इन्स्टाग्रामको ‘भ्यानिस मोड’ प्रयोग गरेर आफूसँग निजी तथा अशोभनीय संवाद गर्ने गरेको दाबी सामाजिक सञ्जालमार्फत गरेका छन् ।

    विवाद चर्किएपछि चापागाईंले फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै केही म्यासेज आदानप्रदान आफ्नै भएको स्वीकार गरेका छन् । उनले विगतमा आफू निकट रहेका व्यक्तिहरूसँग भएका कुराकानीका कारण सिर्जित परिस्थितिप्रति दुःख व्यक्त गर्दै क्षमायाचना गरेका छन् ।

    यद्यपि, सामाजिक सञ्जालमा फैलाइएका सबै सामग्रीको सत्यताबारे भने आफूलाई जानकारी नभएको उनको भनाइ छ । उनले आफ्नो सामाजिक सञ्जाल खाता विभिन्न समयमा आफूबाहेक अन्य व्यवस्थापकहरूले पनि सञ्चालन गर्ने गरेको उल्लेख गर्दै कतैबाट दुरुपयोग भएको हुन सक्ने आशंका व्यक्त गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्