• भारतमा सडकको नाम नै ‘डोनाल्ड ट्रम्प एभेन्यु’, ट्रम्पले दिए धन्यवाद

    • Bishnu GC Bishnu GC
    • २०८३ असार १३, शनिबार १४:१८ गते
    images

    भारतको हैदराबादमा एउटा सडकलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नामबाट नामाकरण गरिएको छ । हैदराबादस्थित अमेरिकी वाणिज्य दूतावाससँग जोडिएको सडकलाई ‘डोनाल्ड ट्रम्प एभेन्यु’ नामकरण गरिएको हो ।

    सो सडकमा हालै भारतका लागि अमेरिकी राजदूत सर्जियो गोर र तेलंगानाका उपमुख्यमन्त्री मल्लु भट्टी विक्रमार्काले संयुक्त रूपमा एक स्मारकको अनावरण गरेका थिए ।

    अमेरिकाको स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवको अवसरमा एक समारोहका आयोजना गर्दै स्मारक अनावरण गरिएको हो ।

    सोही विषयलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हैदराबादमा आफ्नो नाममा सडकको नामकरण गरिएकोमा भारतप्रति आभार व्यक्त गरेका छन्।

    ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘भारतको हैदराबादमा नयाँ ‘डोनाल्ड ट्रम्प एभेन्यु’—यसरी सम्मानित हुने पहिलो अमेरिकी राष्ट्रपति। धन्यवाद ।’

    स्मारक अनावरणपछि जारी गरिएको विज्ञप्तिअनुसार, तेलंगाना सरकारले गरेको यो विशेष नामकरणले संयुक्त राज्य अमेरिकाप्रति सम्मान प्रकट गर्नुका साथै हैदराबादले अमेरिका–भारत सम्बन्धलाई अझ सुदृढ बनाउन खेलिरहेको बढ्दो भूमिकालाई पनि प्रतिबिम्बित गर्दछ।

    समारोहलाई सम्बोधन गर्दै राजदूत गोरले अमेरिका–भारत सम्बन्धमा हैदराबादको बढ्दो महत्त्वको प्रशंसा गर्दै यस क्षेत्रले रणनीतिक सहकार्यमा पु¥याएको योगदानको चर्चा गरे।

    प्रतिक्रिया दिनुहोस्