images
  • रास्वपा महाधिवेशन : बन्दसत्रमा पुगे बालेन शाह

    • Bishnu GC Bishnu GC
    • २०८३ असार ९, मंगलवार १८:५९ गते
    images

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बन्दसत्र जारी छ। चितवनमा गत आइतबारदेखि सुरु भएको महाधिवेशनमा आजदेखि बन्दसत्र सञ्चालन भइरहेको छ।

    रास्वपा वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन शाह रास्वपा महाधिवेशनको बन्द सत्रस्थलमा पुगेका छन् ।

    उनी केहीबेर अघि बन्द सत्रस्थलमा पुगेका हुन् । उनी गाडी चलाएरै बन्द सत्रमा पुगेका हुन् ।

    उनी आजै दिउँसो बन्द सत्र सुरु हुँदा भने पुगेका थिएनन् ।

    रास्वपाको महाधिवेशन आइतबारदेखि जारी छ । आजबाट सुरू भएको महाधिवेशन भोलिसम्ममा सक्ने रास्वपाको तयारी छ ।

    प्रतिक्रिया दिनुहोस्