images
  • दुई संसदीय समितिको बैठक बस्दै

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ २०, बुधबार १९:५५ गते
    images

    आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । कानुन, न्याय तथा मानव अधिकार समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बस्ने भएको हो ।

    बिहान ९ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा समितिको कार्यक्षेत्र र कार्यविधि सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

    शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहान ११ बजे बस्ने भएको छ । बैठकमा उपसमिति गठन, समितिको आन्तरिक कार्यविधि पारित र अन्य विविध विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्