इन्डियन प्रिमियर लिगको पछिल्लो भिडन्तमा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) ले मुम्बई इन्डियन्समाथि २ विकेटको रोमाञ्चक जित दर्ता गरेको छ। राजपुरमा भएको खेलमा १६७ रनको लक्ष्य पछ्याएको बैंगलुरुले अन्तिम ओभरमा निक्कै संघर्ष गर्दै जित आफ्नो पक्षमा पारेको हो।
बैंगलुरुको जितका मुख्य नायक क्रुणाल पाण्ड्या बने। उनले ७३ रनको विस्फोटक अर्धशतकीय पारी खेल्दै टोलीलाई जितको नजिक पुर्याएका थिए। उनलाई जकोब बेथेलले २७ रन बनाएर साथ दिए। यस्तै जितेश शर्माले १८ र देवदत्त पडिक्कलले १२ रनको योगदान दिए।मुम्बईका लागि कोर्बिन बोशले घातक बलिङ गर्दै ४ विकेट लिए पनि आफ्नो टोलीलाई हारबाट जोगाउन सकेनन्।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६६ रन बनाएको थियो। मुम्बईका लागि तिलक वर्माले ५७ रनको सानदार अर्धशतकीय इनिङ खेले भने नमन धिरले ४७ रन जोडे।पूर्व कप्तान रोहित शर्मा २२ रनमा समेटिए भने राज बावले १६ र विल ज्याक्सले १० रन जोडे।

Bishnu GC 


















प्रतिक्रिया दिनुहोस्