• ‘नाँच्छु रोधी घरैमा’ राजेश र करिश्माको मोडलिङ

    • Bishnu GC Bishnu GC
    • २०८३ बैशाख ५, शनिबार १७:३२ गते
    images

    अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धरले नयाँ गीत ‘नाँच्छु रोधी घरैमा’ को भिडियोमा मोडलिङ गरेका छन् ।जोडीको रुपमा देखिएका दुबैले छमछमी नाँचेका छन्। एकनारायण भण्डारीको शब्द रहेको गीतमा प्रतिक्षा गुरुङको स्वर रहेको छ। संगीत दिनेकाम दिपक शर्माले गरेका छन् भने एरेन्ज नरेन्द्र बियोगीले गरेका छन् ।

    भिडि‌ओको सुरुवातमा राजेश र करिश्माको संम्वाद राखिएको छ। खिम बहादुर थापा निर्माता रहेको यो भिडिओलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन्।

    देवेन्द्रले राजेश हमाललाई लिएरै दर्जन माथी भिडियो निर्देशन गरिसकेका छन्। कुनैसमय राजेश हमालको पछाडी बसेर कोरसमा नाँचेका देवेन्द्रले अहिले म्युजिक भिडिओहरु निर्देशन गर्छन्। ३ बर्षअघि पनि राजेश र करिश्मालाई नै अभिनय लिएर देवेन्द्रले एक म्युजिक भिडियो बनाएका थिए।

    उत्सव दाहालले खिचेको भिडिओ विकाश दाहालले सम्पादन गरेका हुन्।

    प्रतिक्रिया दिनुहोस्