• चलचित्र “सारथी” को पोस्टर सार्वजनिक, छायांकनको तयारी अन्तिम चरणमा

    images

    काठमाडौं – नयाँ वर्ष २०८३ को अवसर पारेर नेपाली चलचित्र “सारथी” ले आफ्नो आधिकारिक पोस्टर सार्वजनिक गरेको छ। पोस्टरसँगै फिल्मप्रति दर्शकमाझ उत्साह र जिज्ञासा थपिएको देखिन्छ।

    किन्भे प्रोडक्सन को ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रका प्रस्तुतकर्ता चलचित्र क्षेत्रमा तीन दशकभन्दा बढी अनुभव बटुलेका तारा थापा किम्भे रहेका छन्।

    चलचित्रका निर्माता मध्ये एक अमीर के.सी का अनुसार फिल्मको प्रि–प्रोडक्सन कार्य लगभग सम्पन्न भइसकेको छ। अब छिट्टै छायांकन मिति तय गरी टिम फिल्डमा जाने तयारी भइरहेको छ।

    फिल्मको छायांकन म्याग्दी जिल्लाको सुन्दर पर्यटकीय क्षेत्र गुर्जा खानी मा गर्ने योजना रहेको छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण लोकेशनले फिल्मलाई थप आकर्षक बनाउने विश्वास निर्माण टिमको छ।

    हालसम्म चलचित्रका कलाकार तथा अन्य प्राविधिक टिमबारे विस्तृत जानकारी सार्वजनिक गरिएको छैन। तर, निर्माण टिमले फिल्म भावनात्मक कथावस्तुमा आधारित हुने संकेत दिएको छ।

    प्रतिक्रिया दिनुहोस्