• अपरेशन सिन्दूरको स्मरण गर्दै जम्मूमा बीएसएफका जवानहरुले मनाए रक्षाबन्धन

    • chautaripatrika chautaripatrika
    • २०८२ श्रावण २३, शुक्रबार १४:१७ गते
    images

    अपरेशन सिन्दूरले सफलता पाएको भन्दै जम्मूको अन्तर्राष्ट्रिय सीमामा भारतीय सीमा सुरक्षा बल (बीएसएफ)का जवानहरुले रक्षाबन्धन मनाएका छन् । जवानहरुलाई विद्यार्थीहरूले राखी बाँधेर खुशी साटेका हुन् ।
    राष्ट्रको रक्षा गरिरहेका बहादुर सिपाहीहरूको नाडीमा राखी बाँध्दा वातावरण न्यानोपन र भावनाले भरिएको सहभागीहरुले प्रतिक्रिया समेत दिए ।
    विद्यार्थीहरूले जवानहरूको साहस र बलिदानको प्रशंसा गर्दै देशभरका अनगिन्ती परिवारहरूको सुरक्षा र शान्ति सुनिश्चित गर्ने वास्तविक दाजुभाइ भन्दै प्रशंसा समेत गरे ।
    विद्यार्थीहरुको आएर राखी बाँध्दा घर जस्तो महसुस भएको र हामी कहिल्यै एक्लो हुँदैनौं, भन्ने महसुुस भएको जवानहरुले प्रतिक्रिया दिएका थिए ।
    रक्षाबन्धन वा राखी बान्ने कार्यक्रमले भावनालाई सम्मान मात्र नगरी राष्ट्रिय एकताको प्रतीक मानिएको सहभागीहरुले बताए ।
    सीमामा बाँधिएका राखीहरूले प्रेम र सम्मानका धागोहरूले सबैभन्दा कठिन अग्रपंक्तिहरूलाई पनि बलियो बनाउन सक्छन् भन्ने सम्झना गराएको जवानहरुको भनाइ थियो ।
    गत मे ७ तारिखमा भारतीय सेनाले पाकिस्तानका सात सहरमा रहेका ९ आतंकवादी लुकेका ठाउँमा अपरेशन सिन्दूर चलाएको थियो । (सीसीटीभीप्लस)

    प्रतिक्रिया दिनुहोस्