• images
    images

    फिफा वरीयतामा नेपालले १३ स्थान सुधार गर्दै ८७ औं स्थानमा

    • chautaripatrika chautaripatrika
    • २०८२ श्रावण २३, शुक्रबार १३:५२ गते
    images
    images
    images
    images

    नेपाली राष्ट्रिय महिला टोलीले फिफा वरीयतामा १३ स्थान माथि उक्लिएको छ ।
    विश्व फुटबलको सर्वाेच निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले १३ स्थान सुधार गर्दै ८७ औं स्थानमा पुगेको हो। नेपाल यसअघि १००औं स्थानमा थियो। यो नेपाली महिला फुटबल इतिहासकै सर्वश्रेष्ठ वरीयता हो। यसअघि नेपाल ९१औं स्थानसम्म पुगेको कीर्तिमान थियो।
    गत जुलाईमा उज्बेकिस्तानमा एएफसी महिला एसियन कप छनोट खेलमा नेपालले वरीयतामा १०७औं स्थानमा रहेको लाओसलाई ९–० र १५९औं स्थानको श्रीलंकाविरुद्ध ८–० को एकतर्फी जित हासिल गरेको थियो।
    दक्षिण एसियाली राष्ट्रहरूमा भारत शीर्ष स्थानमा छ। भारत ७ स्थान सुधार गर्दै ६३औं स्थानमा उक्लिएको छ भने नेपाल दोस्रो स्थानमा छ। यस्तै २४ स्थान माथि उक्लँदै बंगलादेश १०४औं स्थानमा पुगेको हो। भारत र बंगलादेश दुवै एसियन कपका लागि छनोट भएका छन्।

    प्रतिक्रिया दिनुहोस्