• यू–२० महिला एसियन कप छनोट ः नेपाल साउदी अरेबियासँग भिड्दै

    • chautaripatrika chautaripatrika
    • २०८२ श्रावण २३, शुक्रबार १३:३४ गते
    images

    एएफसी यू–२० महिला एसियन कप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले आज साउदी अरेबियासँग भिड्दैछ ।
    खेल भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा शुक्रबार दिउँसो पौने २ बजे सुरु हुनेछ ।
    नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो ।
    बलियो टोली उत्तर कोरियासँग नेपालले खेल्न बाँकी छ ।
    प्रतियोगिताको हरेक समूहबाट समूहविजेता एसियन कपमा छनोट हुनेछन् ।

    प्रतिक्रिया दिनुहोस्