• गम्भीर आरोपमा मुछिए ‘बले’

    • chautaripatrika chautaripatrika
    • २०८२ चैत्र २०, शुक्रबार ११:१९ गते
    images

    कलाकार सागर लम्साल ‘बले’ गम्भीर आरोपमा मुछिएका छन् । अमेरिकामा बस्दै आएकी युवतीले सामाजिक सञ्जालमार्फत उनीमाथि जबर्जस्ती सम्बन्ध राखेकाे आराेप लगाएकी हुन् ।

    एक वर्षअघि बले अमेरिका आएको बेला आफ्नो अपार्टमेन्टमै जबर्जस्ती गरेको युवतीको दाबी छ ।आफू सानै उमेरदेखि डिप्रेसन र एन्जाइटी डिसअर्डरसँग जुधिरहेको बेला दाइ मानेको व्यक्तिबाट घृणित कार्य भएको उनले लेखेकी छन् ।

    ‘कुरा गर्दै जाँदा उहाँले “तिमी बसेको ठाउँ हेरौँ न त” भन्नुभयो। मैले १० वर्षभन्दा बढी समयदेखि चिन्ने, आफ्नै दाइझैँ मानेको मान्छेलाई विश्वास गरेर आफ्नो अपार्टमेन्ट देखाउन लगेँ। अपार्टमेन्टमा बसेर कुरा गर्दा मेरो स्वास्थ्यको विषय आयो। मैले आफ्ना सबै पीडा, संघर्ष-रुँदै, बताउँदै, कति गाह्रो भइरहेको छ भनेर सुनाएँ। तर मलाई थाहा थिएन- जसलाई मैले दाइ मानेकी थिएँ, जसलाई हाम्रो परिवारले पनि आफ्नै मान्थ्यो, त्यो मान्छे वास्तवमा राक्षस रहेछ । म बलात्कृत भएँ’, उनले लेखेकी छिन् ।

    परिवारलाई आफूले भन्न चाहे पनि त्यो अवस्थामा परिवार नै टुट्छ कि भन्ने डर लागेको उनको भनाइ छ ।कसैको जीवन बर्बाद गरेर बाँच्दा कस्तो महसुस हुन्छ ? भन्दै उनले बलेलाई ट्याग गरेर प्रश्न गरेकी छन् ।

    आरोप लगाउने युवती फिल्मकर्मी परिवारकै सदस्य र स्वयं प्रतिभाशाली कलाकार हुन् । उनलाई नजिकबाट चिन्ने एक कलाकारले युवती असल र सरल स्वभावकी भएकाले झूटो बयान दिएको जस्तो नलागेको बताए ।
    यस विषयमा बलेसँग बुझ्न खाेज्दा उनकाे फाेन उठेन ।

    प्रतिक्रिया दिनुहोस्