• तेक्वान्दो टोली आज थाइल्यान्ड जाँदै

    • chautaripatrika chautaripatrika
    • २०८२ श्रावण २३, शुक्रबार १३:३० गते
    images

    आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली आज थाइल्यान्डको पटाया जाँदै छ ।
    अगष्ट ९ र १० तारिखमा हुने प्रतियोगिताको पुरुष यु–९ एकल पुम्सेमा विशेषचन्द्र गमी, ४५ केजीमुनि लवयोग सुनुवार, २७ केजीमुनि सन्देश लामिछाने र ४१ केजीमुनि अर्पण कुमालले प्रतिस्पर्धा गर्ने छन् ।
    प्रशिक्षकमा सरोज तामाङ र गौरव रजक तथा निर्णायकमा राजेन्द्र डंगोल र मुना खवास रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्