राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वैदेशिक रोजगारमा भएका नेपालीलाई धन्यवाद दिँदै अहिलेको परिवर्तनमा उनीहरूको योगदान भएको बताएका छन् ।
लामिछानेले आफ्ना सन्तान, परिवारसँग छुट्टिएर बस्ने विदेशका नेपालीलाई सरकारले समेट्ने संकेत दिए ।उनले भने, ‘खाडी क्षेत्रमा जाने राजदूत बिचौलियाको टेबुलमा होइन, श्रमिकसँग हुनेछन् ।’
वैदेशिक सवालमा बोल्दै लामिछानेले नेपालमा लगानीको सबैभन्दा राम्रो अवसर अहिले आएको भन्दै लगानी गर्न आग्रह गरे । रास्वपाको परराष्ट्रनीतिले विकासका क्षेत्रमा सहकार्य गर्ने भन्दै लामिछानेले राष्ट्रिय हितमा विपक्षीसँग पनि सहकार्य हुने बताए ।


chautaripatrika 

















प्रतिक्रिया दिनुहोस्