• शिक्षामन्त्री बन्दै सस्मित पोखरेल

    • Bishnu GC Bishnu GC
    • २०८२ चैत्र १३, शुक्रबार १०:५३ गते
    images

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर–५ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सस्मित पोखरेल शिक्षामन्त्री बन्ने भएका छन् ।

    रास्वपा शीर्ष नेताहरूको बैठकबाट पोखरेललाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरिएको रास्वपाले जनाएको छ ।

    बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा शिक्षा क्षेत्रको सुधार गर्ने गरी उनलाई उक्त जिम्मेवारी दिन लागिएको हो। पोखरेलले काठमाडौँ महानगरपालिकाको शिक्षा सुधारमा पनि सल्लाहकारका रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

    प्रतिक्रिया दिनुहोस्