• आज बालेन शाह प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दै

    • Bishnu GC Bishnu GC
    • २०८२ चैत्र १३, शुक्रबार ०८:१७ गते
    images

    आज राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्री पदको शपथ गराउदै छन् । शपथअघि उनलाई औपचारिक रूपमा प्रधानमन्त्रीमा नियुक्त गरिनेछ ।

    जनताको प्रत्यक्ष समर्थनबाट उदाएको शक्तिका रूपमा उभिएको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको नेतृत्व सम्हाल्दै छ ।

    नेपालको संविधानको धारा ७६ (१) अनुसार स्पष्ट बहुमतसहित एकल सरकार गठन हुन लागेको हो, जसले लामो समयदेखि चल्दै आएको गठबन्धन राजनीतिको अभ्यासलाई चुनौती दिएको विश्लेषण भइरहेको छ ।

    गत प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिट जित्दै अप्रत्याशित बहुमत हासिल गरेको थियो। त्यसपछि बिहीबार मात्रै शाहलाई संसदीय दलको नेता चयन गरिएको थियो, जसले उनको प्रधानमन्त्री बन्ने बाटो खुला गरेको हो।

    शपथ ग्रहण समारोहमा विभिन्न राजनीतिक दल, कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाज तथा उच्च सरकारी अधिकारीहरूको उपस्थिति रहनेछ । प्रधानमन्त्रीसँगै मन्त्रीहरूको पनि शपथ गराइने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्