• images

    सरकारलाई स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको धन्यवाद ज्ञापन

    • Bishnu GC Bishnu GC
    • २०८२ फाल्गुन २९, शुक्रबार १३:४८ गते
    images

    स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सफलतापूर्वक सम्पन्न गराउन निर्वाह गरेको भूमिकाप्रति नेपाल सरकारलाई बधाई ज्ञापन गरेको छ ।
    अभियानकोतर्फबाट अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष विजयराज गौतम र नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालसहितको प्रतिनिधिमण्डलले शुक्रबार सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटगरी प्रतिनिधिसभा निर्वाचन (फागुन २१ गते) शान्तिपूर्ण, निष्पक्ष तथा व्यवस्थित रुपमा सम्पन्न गराउन निर्वाह गरेको महत्वपूर्ण भूमिकाप्रति धन्यवाद दिएको हो ।
    अभियानले निर्वाचन सफल बनाउन नेपाल सरकार तथा निर्वाचन आयोगले निर्वाह गरेको भूमिकाप्रति पनि धन्यवाद तथा आभार व्यक्त गरेको छ ।
    सो अवसरमा गृहमन्त्री अर्यालले प्रतिनिधि निर्वाचन शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको भन्दै यस कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्बद्ध सबैलाई धन्यवाद ज्ञापन गरे ।
    लोकतान्त्रिक प्रकृयाको महत्वपूर्ण अभ्यासको रूपमा रहेको निर्वाचन मार्फत जनादेश लिनु संवैधानिक र कानूनी दृष्टिले सर्वोत्तम पक्ष हो भन्दै उन्ले निर्वाचनको माध्यमबाट संविधान कार्यान्वयन एवम् नेपाली जनताले प्राप्त गरेको हक अधिकारको संस्थागत गर्नमा महत्वपूर्ण उपलब्धी हासिल भएको बताए ।
    निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र मर्यादित वातावरणमा सफलतापूर्वक सम्पन्न गर्न देशव्यापी रूपमा मतदाताहरूले प्रकट गरेको उत्साह र सक्रिय सहभागिताले लोकतन्त्रप्रतिको निष्ठा र अटल प्रतिबद्धता अभिव्यक्त भएको मन्त्री अर्यालले उल्लेख गरे ।
    अभियानले विषम परिस्थितिमा पनि निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित तथा भयरहित निर्वाचन सम्पन्न गर्न गृहमन्त्रालयले निर्वाह गरेको भूमिका प्रसंशनीय रहेको र यसले नागरिकको लोकतन्त्रप्रतिको विश्वासलाई थप मजबुत बनाएको उल्लेख गरिएको छ ।
    आवधिक निर्वाचन लोकतान्त्रिक शासन प्रणालीका आधारभूत स्तम्भका रुपमा रहेकोले यस्तो संवेदनशील राष्ट्रिय दायित्वलाई निष्पक्ष, पारदर्शी र विश्वसनीय वातावरणमा सम्पन्न गराउन सरकारद्धारा गरिएको नीतिगत, प्रशासनिक तथा सुरक्षा व्यवस्थासम्बन्धी तयारी र समन्वय प्रसंशनीय रहेको नागरिक अभियानले धन्यवाद पत्रमा उल्लेख गरेको छ ।
    निर्वाचन अवधिभर कायम गरिएको शान्ति सुरक्षा, नागरिकहरुको सहभागितामूलक वातावरण सुनिश्चित गर्न गरिएको पहल तथा निर्वाचन प्रक्रियाप्रति जनविश्वास अभिवृद्धि गर्न सरकारबाट भएको सक्रिय प्रयासले लोकतानित्रक प्रणालीप्रति जनआस्था सुदृढ बनाउन महत्वपूर्ण योगदान पु¥याएको भन्दै अभियानले यस महत्वपूर्ण राष्ट्रिय कार्यलाई सफल बनाउन सरकारका मन्त्रीहरु, सुरक्षा निकाय, प्रशासनिक संयन्त्र तथा सम्बन्धित सबै निकायहरुले निर्बाह गरेको समन्वयात्मक र उत्तरदायी भूमिकाको समेत सराहना गरेको छ ।

    साथै आगामी दिनहरुमा पनि लोकतान्त्रिक मूल्य मान्यता, विधिको शासन, मानव अधिकारको संरक्षण तथा सुशासन प्रवद्र्धनमा सरकारको सक्रिय नेतृत्व र प्रद्धिवद्धता निरन्तर रहिरहने विश्वास व्यक्त गरेको छ ।

    Photos (6)

    photo-1_337b62ea.jpeg
    230.3KB

    photo-6_81ce680a.jpeg
    222.2KB

    प्रतिक्रिया दिनुहोस्