नेकपा (एमाले)का नेता सूर्य थापाले चुनावका लागि २४ लाख १० हजार ३८९ रुपैयाँ खर्च गरेको बताएका छन्।
प्यूठान जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका थापाले सबैभन्दा धेरै ६४ वडामा वडा तथा पालिका स्तरीय कार्यक्रमका लागि ६ लाख ४० हजार खर्च गरेको बताएका छन्।

उनले सवारी साधन भाडामा २ लाख ९० हजार, इन्धनमा ४५ हजार ८९, नमुना मतपत्र छपाइमा ९५ हजार, मनोनयनमा १० हजार, ६४ वडास्तरीय कार्यक्रममा ६ लाख ४० हजार, कार्यालय सञ्चालनमा १ लाख ३५ हजार, खाना तथा आवासमा २ लाख ५५ हजार, प्रेस तथा प्रचार पम्प्लेटमा ७५ हजार ४ सय र विविध शीर्षकमा ४ लाख ५९ हजार ६ सय रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरेका छन्।


Bishnu GC 

















प्रतिक्रिया दिनुहोस्