राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै भोली बुधबार धनगढीमा भव्य चुनावी सभा तथा जनप्रदर्शन गर्ने भएको छ। फागुन २१ गते हुने निर्वाचनको तयारीस्वरूप पार्टीले मास प्रदर्शनसहितको सभा आयोजना गर्न लागेको हो।
उक्त सभामा रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह संयुक्त रूपमा सहभागी भई सम्बोधन गर्ने कार्यसूची तय गरिएको छ। सभाका लागि सभापति लामिछाने धनगढी आइपुगेका छन् भने वरिष्ठ नेता शाह बुधबार बिहान हवाई मार्गबाट धनगढी आउने कार्यक्रम छ।
यसअघि पार्टीभित्र सभापति लामिछाने र वरिष्ठ नेता शाह छुट्टाछुट्टै राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका थिए।
वरिष्ठ नेता शाह यसअघि कोशी प्रदेशका पहाडी जिल्लाहरू हुँदै सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमण गरिसकेका छन्। धनगढीको यो संयुक्त सभा रास्वपाको चुनावी अभियानमा महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।सभा धनगढी, पशुपति टोल (महोत्सव स्थल) मा हुनेछ।


chautaripatrika 

















प्रतिक्रिया दिनुहोस्