• एयर इन्डियाको विमानले अनुमति बिनै गर्‍यो ८ उडान, भयो डेढ करोड जरिवाना

    • Bishnu GC Bishnu GC
    • २०८२ फाल्गुन ४, सोमबार १८:१७ गते
    images

    भारतको नागरिक उड्डयन नियामक निकाय (डीजीसीए)ले उडान योग्यताको प्रमाणपत्र (एआरसी) विनै यात्रु बोकेको कसुरमा एयर इन्डियालाई १ लाख १० हजार ३ सय ५० अमेरिकी डलर (करिब १ करोड ४७ लाख नेपाली रुपैयाँ) जरिवाना गरेको छ।

    वार्षिक रूपमा गरिने प्राविधिक परीक्षण र सुरक्षा मापदण्ड पूरा नगरी विमान उडाएर सार्वजनिक सुरक्षामा खेलबाड गरेको भन्दै नियामकले कडा कारबाही गरेको हो।

    समाचार एजेन्सी रोयटर्सका अनुसार एयर इन्डियाको एयरबस ए–३२० विमानले गत नोभेम्बर २४ र २५ मा नयाँ दिल्ली, बेंगलुरु, मुम्बई र हैदराबादका लागि ८ पटक व्यावसायिक उडान भरेको थियो। विमानको सुरक्षा र प्राविधिक अवस्था दुरुस्त भए/नभएको प्रमाणीकरण गर्ने अनिवार्य ‘एयरवर्दिनेस रिभ्यु सर्टिफिकेट’ (एआरसी)को म्याद सकिए पनि एयरलाइन्सले उडान नरोकेको पाइएको हो।

    प्रतिक्रिया दिनुहोस्