• कप्तान साबित्रा भण्डारी ‘साम्बा’ लाई मकवानपुरमा सम्मान

    • chautaripatrika chautaripatrika
    • २०८२ श्रावण १७, शनिबार १६:२७ गते
    images

    राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी (साम्बा) सम्मानित भएकी छिन् । शनिबार मकवानपुरमा आयोजित एक विशेष कार्यक्रममा सम्मानित भएकी हुन् ।
    ‘देश चिनाउने साम्बासँग हाम्रो चिनजान एवम् सम्मान’ शीर्षकको कार्यक्रममा सञ्चारिका समूह नेपाल, मकवानपुर शाखाले उनलाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरेको हो ।
    देश तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली महिला फुटबलको पहिचान बनाउने उनको योगदानको कदरस्वरूप यो सम्मान प्रदान गरिएको आयोजकले जनाएका छन् । कार्यक्रममा स्थानीय नेताहरू, खेलप्रेमी तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति थियो ।
    सञ्चारिका समूह मकवानपुरकी अध्यक्षले भनिन्, ‘साम्बाले आफ्नो मेहनत र लगनले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाएकी छन् । हामी उनको योगदानको उच्च मूल्यांकन गर्छौं ।’
    साबित्राले सम्मानप्रति आभार व्यक्त गर्दै भनिन्, ‘यो सम्मानले मलाई अझ बढी प्रेरणा मिलेको छ । म अझ कडा मेहनत गरेर देशलाई गौरवान्वित गराउने छु ।’
    साम्बा हालसम्म नेपाली महिला फुटबल इतिहासकै सर्वाधिक गोलकर्ता हुन् । उनले घरेलु तथा विदेशी क्लबहरूमा समेत सफलता हासिल गरेकी छन् ।

    प्रतिक्रिया दिनुहोस्