• images

    दिनेश सिटौलाको निधनमा बालेनका शब्द: ‘मेरो हितैषी मित्र, तपाईंको अभाव सधैँ खड्किनेछ’

    • chautaripatrika chautaripatrika
    • २०८२ माघ १८, आईतवार २३:५९ गते
    images

    चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको निधनप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले दु:ख प्रकट गरेका छन्।

    बालेनकै चुनावी अभियानमा सहभागी भएका बेला यही माघ १६ गते बिहान अछाममा बेहोस भएका सिटौलालाई थप उपचारका त्यही दिन काठमाडौँ ल्याई ग्रान्डी इन्टरनेसनल अस्पतालमा भर्ना गरिएको थियो।

    तर उपचारका क्रममा आइतबार दिउँसो उनको निधन भएको हो।
    उनको तस्बिरसहित प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार एवं काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेनले फेसबुकमा लेखेका छन्, ‘अलबिदा दिनेश सिटौला। नेपाली फिल्मको अभिभावक अनि मेरो हितैषी मित्र। तपाईंको अभाव सधैँ खड्किनेछ।’

    प्रतिक्रिया दिनुहोस्