राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अस्पताल भर्ना भएका छन् । उनको खुट्टामा चोट लागेकाले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको उनको सचिवालयले जनाएको छ ।
गत ५ माघमा जनकपुरमा आयोजित सभाका क्रममा लामिछानेको देब्रे खुट्टामा सामान्य चोट लागेको थियो । उक्त चोट बढेर छालाको भित्री तहमा संक्रमण भएपछि उपचारको लागि टिचिङ अस्पतालमा भर्ना गरिएको सचिवालयले जनाएको हो ।
अस्पतालका चिकित्सकहरूको परीक्षण तथा सल्लाहअनुसार यस प्रकारको संक्रमण जोखिमयुक्त हुन सक्ने भएकाले केही दिन अस्पतालमै चिकित्सकको निगरानीमा राखी उपचार गराउनुपर्ने देखिएपछि अस्पतालमै भर्ना गर्नुपरेको सचिवालयले जनाएको छ ।


chautaripatrika 

















प्रतिक्रिया दिनुहोस्