• कतारले १३ नेपाली कैदीलाई दियो आममाफी

    • chautaripatrika chautaripatrika
    • २०८२ पुष १७, बिहीबार १८:०५ गते
    images

    काठमाडौं । कतार सरकारले आफ्नो राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा १३ नेपाली कैदीलाई आममाफी दिएको छ ।
    परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै कतार सरकारप्रति आभार प्रकट गरेको छ ।

    परराष्ट्रको विज्ञप्तिमा भनिएको छ, ‘मानवीय आधारमा प्रदान गरिएको यस किसिमको क्षमादानलाई नेपाल र कतार राज्यबीच विद्यमान द्विपक्षीय सम्बन्धमा रहेको मैत्रिभाव, सौहार्दता तथा बढ्दो मित्रताको प्रत्यक्ष अभिव्यक्तिका रूपमा मन्त्रालयले उच्च मूल्याङ्कन गर्दछ ।’

    परराष्ट्रको विज्ञप्ति –

    प्रतिक्रिया दिनुहोस्