• बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको अन्तिम संस्कार आज

    • chautaripatrika chautaripatrika
    • २०८२ पुष १६, बुधबार ०८:४४ गते
    images

    बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको अन्तिम संस्कार आज ढाकामा गरिने भएको छ । जियालाई संसद् परिसरमा उनका पति तथा बंगलादेशका पूर्वराष्ट्रपति जियाउर रहमानको चिहान नजिकै राखिनेछ ।

    उनको ७९ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको थियो । उनी २० दिनदेखि भेन्टिलेटरमा थिइन् । जियाको निधनमा बंगलादेश सरकारले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको छ ।
    अन्तिम संस्कारमा ठूलो संख्यामा राजनीतिक नेता, समर्थक र सर्वसाधारण सहभागी हुनेछन् ।

    भारतका तर्फबाट विदेशमन्त्री एस जयशंकर अन्तिम संस्कारमा सहभागी हुने भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
    भारतीय विदेश मन्त्रालयले आफ्नो वक्तव्यमा भनेको छ, “बेगम खालिदा जियाको अन्तिम संस्कारमा भारतीय विदेशमन्त्री एस जयशंकरले भारत सरकार र जनताको प्रतिनिधित्व गर्नेछन् । यसका लागि उनी ३१ डिसेम्बर, २०२५ मा ढाकामा पुग्नेछन् ।

    प्रतिक्रिया दिनुहोस्