• images

    ओलीको तारिफ गरेर गाली खाएका प्रकाश सपुत रास्वपाको समानुपातिक उम्मेदवार

    • chautaripatrika chautaripatrika
    • २०८२ पुष १५, मंगलवार ०८:५८ गते
    images

    काठमाडौँ- गायक प्रकाश सपुत पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समानुपातिक उम्मेदवारको सूचीमा परेका छन्।

    रास्वपाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तयार पारेको समानुपातिक बन्दसूचीमा सपुतको नाम दलित पुरुष क्लस्टरको दोस्रो नम्बरमा राखिएको छ। सपुत लोकप्रिय गायकसँगै सङ्गीतकार तथा अभिनेतासमेत हुन्।

    उनी यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गर्दा गाली खाएका थिए। विभिन्न क्षेत्रका प्रख्यात व्यक्तित्व समेटेर रास्वपाले ११० उम्मेदवारको नाम आयोगमा बुझाएको छ।

    प्रतिक्रिया दिनुहोस्