images
  • मध्य रातमा प्रमुख नेता गैरकानुनी ढंगले पक्राउ परे अनौठो हुँदैन ;बादल

    • Bishnu GC Bishnu GC
    • २०८३ आश्विन १६, शुक्रबार १३:४५ गते
    images
    images
    images

    नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारलाई फाँसीवादी भनेका छन् । उनले ‘वालेन्द्र’सरकारले फाँसीवादी शासनको ६ महिना पार गरेको टिप्पणी गरेका हुन् ।

    शुक्रबारको प्रतिनिधिसभा बैठकमा उनले सरकारले फाँसीवादको यात्रा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउबाट सुरु गरेको बताए ।

    “वालेन्द्र सरकारले फाँसीवादी शासनको ६ महिना पार गरेको छ । यो यात्रा पूर्वप्रधानमन्त्रीको गिरफ्तारीबाट सुरु भएको थियो । अहिले पूर्वप्रधानन्यायाधीशको कलाविहीन नाटक मञ्चनसम्म आइपुगेको छ,” उनले भने ।

    उनले पूर्वसभामुख एवं कुनै प्रमुख नेता पक्राउ परे अनौठो नहुने टिप्पणी गरे । “क–कसको पछाडि सुराकी खटाइएको छ ? निकट भविष्यमा मध्यरातमा कुनै पूर्वसभामुख, कुनै प्रमुख नेता गैरकानुनी ढंगबाट पक्राउ पर्नु अनौठो हुनेछैन,” बादलले भने ।

    उनले सम्पत्ति शुद्धीकरणको लोकप्रीय आवरणमा देशभक्त तथा लोकतान्त्रिक शक्तिलाई सखाप गर्ने बाचा गरेको दाबी गरे । “फाँसीवाद लोकतन्त्रको विपरित ध्रुव हो । यसले विधिको शासन मान्दैन,” उनले भने ।

    प्रतिक्रिया दिनुहोस्