images
  • त्रिशूली नदीमा जलसतह सतर्कता तह पार, सतर्कता अपनाउन आग्रह

    • Bishnu GC Bishnu GC
    • २०८३ आश्विन ९, शुक्रबार १४:४९ गते
    images
    images
    images

    नुवाकोट जिल्लास्थित त्रिशूली नदीको धुन्चे जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ ।

    जलसतह अझै बढ्न सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

    बाढी पूर्वानुमान महाशाखाले दिउँसो १२ः४० बजे सूचना जारी गर्दै त्रिशूली नदी आसपासका क्षेत्रमा सतर्क रहन आग्रह गरेको हो ।

    महाशाखाले नदीको बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दा तथा नदी किनार हुँदै यात्रा गर्ने यात्रुलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ ।

    बाढी पूर्वानुमान महाशाखा तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्भावित जोखिमबाट बच्न उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्