images
  • बूढीगण्डकी बाढीका कारण जोखिममा परेका ६ जनाको हवाई उद्धार

    • Bishnu GC Bishnu GC
    • २०८३ आश्विन २५, आईतवार १२:०४ गते
    images
    images
    images

    प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको हवाई उद्धार भएको जनाएका छन् ।

    प्रधानमन्त्री शाहले आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत बाढीपहिरो जोखिम क्षेत्रबाट ६ जनाको उद्धार गरिएको जानकारी गराएका हुन् ।

    प्रधानमन्त्री शाहले लेखेका छन्, ‘बूढीगण्डकी नदीमा आएको बाढीपश्चात् खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाको फौज हवाई तथा स्थल मार्गबाट खटिई पहिरोको जोखिममा रहेको जगत इलाकाबाट ६ जनाको हवाई उद्धार गरिएको छ । काठमाडौँमा रहेको कम्पोजाइट क्विक रियाक्सन टिम समेत हवाई साधनबाट उक्त इलाकामा तैनाथ भएको छ ।’

    बूढीगण्डकी प्रभावित क्षेत्रमा उद्धार, राहत र सुरक्षित स्थानान्तरणका लागि हेलिकप्टर परिचालन गरिएको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस्