काठमाडौं– बुधवार राति पुल्चोकको लबिम मलमा आयोजित फिल्म ‘झिंगे दाउ–२’ को प्रिमियर शोमा फिल्मभन्दा गायक अशोक दर्जी तथा संगीतकार टंक बुढाथोकीको सम्बन्ध सकिएको विषयले आज सामाजिक सञ्जालका भित्ता रंगिएका छन् ।
यहि विषयका भिडियोहरु यत्रतत्र सर्वत्र देख्न पाइएको छ । अर्कोतिर यहि विषयलाई लिएर पत्रकार तथा फिल्मका निर्देशकले पनि विरोध जनाइरहेका छन् । फिल्मका निर्देशक ज्ञानेन्द्र देउजाले पनि सामाजिक सञ्जालमा आफ्नो अभिव्यक्ति शेयर गरेका छन् ।
उनले लेखेका छन्– ‘विषयगत कुराभन्दा बाहिरका कुरा गर्न र व्यक्तिगत कन्टेन्टकाका लागि अनि अनाधाकृत रुपमा कानून विपरित प्रिमियर शोबाटै सिनेमालाई मोबाईलमा खिचेर ब्यक्तिगत एकाउन्बाट टिकटकमा भर्नको लागि प्रोडूसरले कार्यक्रम आयोजना गरेको हैन । साथै निर्माण कम्पनीको तर्फबाट निमन्त्रणा गरेको व्यक्तिबाहेक बिन बुलाए मेहमान बनेर कार्यक्रममा आउने अनि कार्यक्रमको मर्यादा र गरिमालाई घटाउने हर्कतहरु गर्ने गर्नु पनि नैतिक रुपमा राम्रो हैन बुझौँ सबैले भन्ने आग्रह गर्दछु ।’
उनले लेखेको यो स्टाटसमा विभिन्न व्यक्तित्वले समर्थन जनाउँदै आ–आफ्नो प्रतिक्रिया दिएका छन् ।
यसैबीच, अभिनेत्री पूजा शर्माले पनि निर्देशक देउजाको कुरामा समर्थन जनाउँदै ‘कसरी हुन्छ डलर आउनु त पर्यो, कन्ट्रोभर्सियल कुरामा फोकस अनि जान्छन् फिल्मको प्रिमियरमा पनि हाम्रा डलर भाइ–बहिनीहरू’ भन्दै विवादित कन्टेन्टमा भ्युज धेरै हुने, भ्युज भएपछि डलर झर्ने, त्यसैले डलर झर्ने कन्टेन्ट बन्ने प्रिमियरमा डलरका कन्टेन्ट मेकर भाइ–बहिनी जाने कुरामा व्यंज्ञात्मक दनक दिएकी छिन् ।


chautaripatrika 

















प्रतिक्रिया दिनुहोस्