संगीतकार टंक बुढाथोकीले हिजो बोलेका कुराहरुलाई लिएर गायक अशोक दर्जीले आफ्नो भनाइ सार्वजनिक गरेका छन् ।
बुढाथोकीले बोलेका कुराहरुलाई सामाजिक सञ्जालमा अतिरञ्जित भएर आइरहेको उनको गुनासो छ । यो विषयमा आफूहरु दुवैलाई नराम्रो नभन्न उनले आग्रह गरेका छन् ।
अशोकले लेखेका छन्, ‘हिजो एउटा कार्यक्रममा मेरा कर्म दिने ‘टंक दाइ’ ले बोल्नुभएको विषयलाई लिएर विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा धेरै अतिरञ्जित ढंगले प्रस्तुत भइरहेको देखेँ । सबैसँग मेरो विनम्र अनुरोध छ– कृपया यस विषयलाई लिएर ‘टंक दाइ’लाई र मलाई गाली नगर्नुहोला ।’
उनी थप्छन्, ‘उहाँ मेरो जन्म दिने बुवा नभए पनि कर्म दिने बुवा हुनुहुन्छ । आफ्ना सन्तानलाई केही भन्न उहाँलाई छुट छ । त्यसैले उहाँ भिडियोमा आएर बोल्नुभएको विषयलाई लिएर उहाँलाई नराम्रो नबनाइदिनुहोस् र मलाई पनि गाली नगर्नुहोस्, प्लिज ।’
आफू अहिले ‘पार्वती’ चलचित्रको प्रचार–प्रसारका लागि दौडिरहेको भन्दै विवादमा नल्याइदिन अशोकले आग्रह गरेका छन् ।


chautaripatrika 

















प्रतिक्रिया दिनुहोस्