images
  • बालेन सरकार सिंहदरबारबाट चलेको छ कि ज्वागलबाट ?

    • chautaripatrika chautaripatrika
    • २०८३ आश्विन १, बिहीबार ०२:२८ गते
    images

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले ‘सरकार सिंहदरबारबाट नभई ज्वागलबाट सञ्चालन भइरहेको’ आरोप लगाएपछि उक्त अभिव्यक्ति चर्चामा आएको छ । उनले प्रतिनिधिसभाको बैठकमै वर्तमान सरकार ‘गुण्डागर्दी शैलीमा’ चलेको र सिंहदरबारबाट नभई ज्वागलबाट सञ्चालन भइरहेको आरोप लगाएका थिए ।

    सिंहको उक्त अभिव्यक्तिबारे सञ्चारकर्मीले रास्वपा सभापति रवि लामिछानेलाई प्रश्न गरेका छन् । बुधबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै लामिछानेले भने अमरेशको अभिव्यक्तिलाई सामान्य रूपमा लिनुपर्ने बताएका छन् ।

    ‘सरकार कसरी चलिरहेको छ, त्यो तपाईंहरूले नै देखिरहनुभएको छ,’ लामिछानेले भने, ‘सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ । सरकार आफ्ना नीतिहरूमा काम गरिरहेको छ । मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक भइरहेका छन् ।’
    पार्टीभित्रका सांसदले सरकारमाथि लगाएको आरोपबारे थप स्पष्ट पार्दै लामिछानेले रास्वपामा लोकतान्त्रिक अभ्यास बलियो रहेकाले कतिपयले त्यसको बढी लाभ उठाउन सक्ने बताए ।
    ‘कहिलेकाहीँ हाम्रो पार्टीको लोकतान्त्रिक अभ्यास अलि बलियो भएको कारण कसैले त्यसको अलि बढी लाभ उठाउँदा त्यसमा चिन्ता मान्नुपर्दैन,’ उनले भने, ‘कतिपयको शैलीगत विषय पनि हुन्छ । त्योभन्दा बढी हेर्नु हुँदैन ।’
    सांसद सिंहको अभिव्यक्तिले सरकार सञ्चालनबारे प्रश्न उठाए पनि लामिछानेले भने त्यसलाई पार्टीभित्रको लोकतान्त्रिक अभ्यास र व्यक्तिगत शैलीसँग जोडेर सामान्य रूपमा लिनुपर्ने तर्क गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्